फुटवल

युरोपेली फुटवलको सर्वोच्च प्रतियोगिताको रुपमा रहेको युरो कप फुटवल अहिले जारी छ । विश्व कप फुटवल पछिको सवैभन्दा चर्चित र प्रतिष्ठित खेलका रुपमा युरो कपलाई लिने गरिन्छ । युरोपमा युरो कप चलिरहदै गर्दा दक्षिण अमेरिकामा कोपा अमेरिका फुटवल पनि जारी छ । ब्राजिल, अर्जेन्टिना, उरुग्वे जस्ता बलिया देश रहेको कोपा अमेरिका फुटवल पनि युरो कप जत्तिकै चर्चित छ । त्यसैले हामीले यो साता फुटवल खेललाई नै साताको खेलका रुपमा प्रस्तुत गरेका छौ ।
विश्वका २ सय भन्दा बढी देशमा यो खेल खेलिन्छ । फुटवललाई विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय खेलका रुपमा पनि लिने गरिन्छ । यो खेल सामान्य मानिसले पनि बुझन र खेल्न सक्ने भएका कारण पनि चर्चामा छ । फुटवल खेललाई फिफा नामक संस्थाले नियमन गर्ने अधिकार राख्छ । विश्व कप फुटवल सन् १९३० देखी हरेक चार बर्षमा आयोजना हुदै आएको छ । आधुनिक फुटवल खेलको जन्म १८६३ देखी शुरु भएको मानिन्छ । यसका नियम र कानुनहरु इङल्याण्डमा बनेको बताइन्छ । चिनमा सुजु नामले शुरु भएको यो खेलको इतिहास पढ्न पाइन्छ । हान बंशको समय अर्थात २०६ इशापूर्वमा सुजु खेलको शुरु भएको थियो । ग्रिकमा फाइनिन्दा र इपिस्काइरोस नामले यो खेल त्यती बेला खेल्ने गरिन्थ्यो । विभिन्न देशमा विभिन्न नामले त्यती बेला खुट्टाले हान्ने बलका खेल खेलिन्थ्यो । आज विश्वमा सवैभन्दा बढी खेलाडीले खेल्ने र सवैभन्दा बढी धन कमाउने खेलका रुपमा फुटवल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *