फुटसल सङ्घमा पुन : अधिकारी

खेलपेपर, काठमाडौं।
४ फाल्गुन २०७५

नेपाल फुटसल सङ्घको शनिबार यहाँ सम्पन्न सम्पन्न पहिलो साधारणसभाले देवकुमार अधिकारी (बद्री)लाई निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

साधारणसभाले चार उपाध्यक्षमा सन्तोष पराजुली, सन्तोष खतिवडा, नारायणकृष्ण महर्जन र मदन कोइराला रहेका छन् । बटुककृष्ण थापा महासचिव, असिम आचार्य सचिव, अजितकुमार लामा सहसचिव र ओमनाथ न्यौपाने कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा सीताकुमारी खत्री, गणेश गुरागाईं, नगेन्द्र सिंह, अङ्कित सुवेदी, गोविन्दप्रसाद पौड्याल, सञ्जय लिगल, निशान्त केडिया र शलिना भट्टराई चयन हुनुभएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

साधारणसभाको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकूद विकास विभागका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत चन्द्रकुमार राईले प्रमाणपत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराउनुभएको थियो । साधारणसभामा केन्द्रीय कार्यसमिति, १२ जिल्ला र फुटसल व्यवसायी महासङ्घका प्रतिनिधि गरी ४० प्रतिनिधि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *