फ्रान्सबाट अर्जेन्टिना स्तब्ध

मस्को, एजेन्सी । विश्व कप फुटवल अन्तर्गत नक आउट चरणको पहिलो खेलमा फ्रान्स विजयी भएको छ । फ्रान्सले यो प्रतियोगिताको बलियो दावेदारको रुपमा चर्चा गरिएको अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । शनिवार राती भएको खेलमा अर्जेन्टिना र फ्रान्स विचको खेल पहिलो हाफमा रोमान्चक बनेको थियो । दोस्रो हाफको पनि पहिलो पन्ध्र मिनेट प्रतिस्पर्धात्मक देखिएपनि त्यसपछि खेल फ्रान्सको नियन्त्रणमा देखिएको थियो । यो हार पछि सन् १९८६ पछि विश्व कप जित्ने अर्जेन्टिनाको सपनामा फेरि एक पटक तुसारापात भएको छ । सन् २०१४ मा फाइनलमा पराजित भएको अर्जेन्टिनालाई यो पटक छनौट चरण हुदै विश्व कपमा आइपुग्न पनि निकै कठिन भएको थियो । समुहगत चरण पार गर्न पनि अर्जेन्टिनालाई निकै कठिन भएको थियो । फ्रान्सको शनिवार रातीको खेल विश्व कप फुटवलको फाइनल खेल सरह नै भएको विश्लेषकहरुको ठम्याई छ । फ्रान्सेली युवा खेलाडीको प्रर्दशन उत्कृष्ट सावित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *