फ्रेन्ड्स क्लवको जित

खेलपेपर, काठमाडौं।
६ पौष २०७५

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लवले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै प्रतियोगितामा जीत दर्ता गराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको हिमालयन शेर्पा फ्रेन्ड्स क्लवसँग दुई एक गोलले पराजित भयो । त्यसोत हिमालयन शेर्पाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २७ औं मिनेटमा शेर्पाले गोहा प्याट्रिकको गोल मार्फत अग्रता बनाएको थियो ।
तर त्यसको एक मिनेटमा नै फोफाना इब्राहिमको पासमा संजोग महर्जनले फ्रेन्ड्सका लागि गोल गर्दै खेल बराबरीमा पुरयाए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ८१ औं मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङ दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि शेर्पा १० खेलाडीमा झर्यो । तर त्यसको फाइदा फ्रेन्ड्सले लिन सकेन । जारी लिगमा रातो कार्ड पाउने आशिष चौथो खेलाडी हुन ।

एक खेलाडी कम भएको फाइदा उठाउदै फ्रेन्ड्सले ८८ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि जीवन गुरुङले गोल गरे । हारपछि शेर्पाले नेपाल पुलिस क्लवलाई पछि पार्ने मौका गुमायो । उसको १० खेलमा १४ अंक छ भने फ्रेन्ड्सको ८ अंक भएको छ ।

हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा आज भएको खेलमा एनआरटीले जाउलाखेल विरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । लिगमा अहिलेसम्म खेलका नौ खेलमा ८ मा पराजित भएको एनआरटीले जाउलाखेल विरुद्धको खेलमा दुई एकले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *