बङलादेश विरुद्ध भारतको रोमान्चक जीत

ढाका, ४ असार
ब्ङलादेश विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले रोमान्चक जीत दर्ता गराएको छ । भारतले तय गरेको १ सय ६ रनको लक्ष्य पनि बङलादेशले भेटाउन नसकेपछि उनीहरु लज्जास्पद हार ब्यहोर्न बाध्य भए । बर्षातका कारण छोट्याइएको खेलमा भारतले २६ ओभरमा १ सय ५ रन बनाएको थियो । तर बङलादेशको पारी ५८ रनमा नै समेटियो । १३ ओभरमा ५० रनमा तीन विकेट गुमाएको बङलादेशले बाकी आठ रन बनाउदै सवै विकेट गुमाएको थियो । जम्मा सात रन बनाउदा आठ विकेट गुमाएका थिए । आफनो तेश्रो एकदिवसीय क्रिकेट खेलका भारतका स्टुआर्ट विन्नीले ६ विकेट लिएका थिए । मोहित शर्माले पनि चार विकेट लिएका थिए । विन्नीले लिएको विकेट र रन औसत एक दिवसीयमा भारतीय बलरले बनाएको अहिलेसम्मकै उत्कृष्ट रेकर्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *