बन्द प्रशिक्षणका लागि ह्यान्डबल टोली पोखरा

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा सहभागी टोली हुने बुधबार पोखरा प्रस्थान गरेको छ । बन्द प्रशिक्षणका लागि २८ खेलाडीसहितको टोली पोखरा गएको हो । त्यसअघि टोली उपत्यकामै प्रशिक्षणरत थियो । पुरुष÷महिलाको खेलाडी संख्या समान १४–१४ रहेको छ । ह्यान्डबल सागमा ११ औं संस्करणदेखि समावेश भएको थियो । त्यसबेला पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । महिलाको स्पर्धा पहिलोपटक थपिएको हो । टोली वैदेशिक प्रशिक्षणका लागि भारतको पटियाला जाने कुरा भइरहेको ह्यान्डबल मुख्य प्रशिक्षक अरुणलाल कर्णले जनाएका छन् ।
‘हामीले पटियालामा पत्र पठाएका छौं । त्यहाँबाट पत्रको जवाफ आएपछि जाने÷नजाने विषयमा टुंगो लाग्नेछ ।’ कर्णले भने– ‘नजाने भइयो भने हामी पोखरामै एक महिनासम्म प्रशिक्षण गर्ने छौं ।’
मुख्य प्रशिक्षक कर्णले फ्रान्सबाट विदेशी प्रशिक्षक लरेन्ट बाउड जनवरी १६ तारिखमा आउने छन् । कर्णका अनुसार पटियालामा प्रशिक्षणको व्यवस्था मिलेको बाउड दिल्लीबाटै पटियाला जाने छन् । नमिलेको खण्डमा बाउड नेपाल आउने छन् । पुरुष टोलीले रंगशाला र महिला टोलीले एपीएफमा प्रशिक्षण गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *