बार्सिलोना र रियल बराबरी

खेलपेपर, काठमाडौं।
२४ माघ २०७५

बार्सिलोनाको घरेलु मैदानमा खेलिएको स्पेनिस कोपा डेल रे अन्तरगतको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिड १-१ को बराबरी खेल खेलेको छ।

नेपाली समय अनुसार बिहीवार बिहान १:४५ मा सुरु भएको खेलमा खेलको छैटौ मिनेटमा लुकास भास्क्वेजको गोल गरेपछि घरेलु टोली पछि परेको थियो । भिनिसियस जुनियरले क्रस गरेको बललाई करिम बेन्जेमाले उपलब्ध गराएको पासमा भास्क्वेजले बक्सभित्रबाट गोल गरेका थिए ।

बार्सिलोनाको निरन्तर कोशीश भये पनि पहिलो हाफमा गोल भने गर्न सकेन। बार्सिलोनाले ३२औं मिनेटमा इभान राकिटिकको प्रहार क्रसबारमा लागेर फर्किदा बराबर गर्ने मौका गुमएको थियो । ३४औं मिनेटमा रियलको भिनिसियस जुनियरको अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । ५७औं मिनेटमा मालकोमले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असमर्थ रहँदा खेल बराबरीमा सकियो ।

अब कोपा डेल रे अन्तरगतको सेमिफाइनलको दोस्रो लेगको खेललाई यि दुई विश्व फुटबलको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ फेब्रुअरी २८मा रियलको घरेलु मैदानमा पुन सामना गर्ने छन। दोस्रो लेगमा रियल मड्रिड १ अवे गोलको अग्राता लिएर खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *