बास्केटबललाई जेभियरको पुरस्कार

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा स्वर्ण जित्ने नेपाली पुरुष÷महिला टोलीलाई जेभियर इन्टरनेसनल कलेजले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

जेभियरका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले टोलीका प्रत्येक सदस्यलाई १० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । ५ बाइ ५ तथा ३ बाइ ३ दुवैमा स्वर्ण जित्ने टोलीका सदस्यलाई उक्त पुरस्कार प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत भण्डारीले प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *