बास्केटबल : नेपाली महिला टोली फाइनलमा

सागअन्तर्गत महिला बास्केटबलमा नेपाल सोमबार फाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई ६८–५५ ले पराजित ग¥यो । नेपालकी अनुषा मल्लले १९ अंक जोडिन् । फाइनलमा नेपालको भेट भारतसंग हुने छ । अर्को सेमिफाइनलमा भारतले भुटानलाई १३४–२७ ले हराएको थियो ।

पुरुषमा श्रीलंका र भारत फाइनलमा पुगे । सेमिफाइनलमा श्रीलंकाले बंगलादेशलाई ७३–५२ तथा भारतले नेपाललाई १०७–५८ ले हराए ।थ्री बाइ थ्रीको पुरुष फाइनलमा भारतले नेपाललाई २१–१५ ले पराजित गर्दै पहिलो भयो । श्रीलंका तेश्रो भयो । महिलामा भारतले श्रीलंकालाई १५–१२ ले पाखा लगाउदै शीर्ष स्थान हात पा¥यो । नेपाल तेश्रो भयो ।

Leave a Reply

Your email address will not be published.