बास्केटबल प्रतियोगितामा साइपालको जित

  साइपाल एकेडेमीले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार जित हात पारेको छ । साइपालले बर्न हार्टलाई ४६–३० ले पराजित ग¥यो । साइपालकी रोशनी श्रेष्ठले ९ अंक जोडिन् । गल्र्समै काठमाडौं नर्थ पोलले जेभियर इन्टरनेसनललाई २३–२० ले हरायो । विजयी टिमका लागि अस्मिता थापा मगरले ८ अंक बटुलिन् ।

   ब्वाइजमा जेभियरले आयोजक मोर्गनलाई ५५–४८, गोल्डेनगेटले काठमाडौं नर्थ पोललाई ५४–४९ तथा ह्वाइटहाउसले बर्न हार्टलाई ४७–२५ ले पाखा लगाए । जेभियसका आशिष बस्नेतले १३ तथा गोल्डेनगेटका चिरञ्जीवी रोकायाले १९ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *