बिक्रम लामा (थ्री स्टार क्लब)

खेलपेपर, काठमाडौं |

रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा चोटका कारण लामो समय मैदानबाहिर रहेपछि सक्रिय खेल जीवनमा फर्कने प्रयासमा थिए |
गत फागुनमा बुढासुब्बा गोल्डकप खेल्दा खुट्टा भाचिएपछि उनी मैदान बाहिरि रहँदै आएका थिए । नेपाल पुलिससँगको फागुन २७ गते फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको थियो । पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएपछि विक्रम घाइते भएका थिए । घटना भएको दिननै मध्यरातमा उनको शल्यक्रिया सम्पन्न भएको थियो । झन्डै ९ महिनाको लामो रेहाब र अन्य अभ्यास पछी उनी पूर्ण रूपमा खेल्ने लाएक भएर मैदान फर्केका छन |

आईतवार भएको खेलमा थ्री स्टारको सुरुवाती रोजाइमा खेल्दै टोलीको कप्तानी गरेका विक्रमले ब्रिगेड ब्वाइजविरुद्ध ५-१ को जितमा गोल पनि गरे ।

विक्रम खेलको सुरुवात देखिनै निडर रुपमा प्रस्तुत भएका थिए । विक्रम मिडफिल्डमा बल खोस्ने र होल्ड गर्ने प्रकृतिका खेलाडी हुन् । आइतबार ब्रिगेड ब्वाइजविरुद्ध पहिलो मिनेटदेखि नै उनले सोहि अनुरुप खेले । चोटबाट फर्केको खेलाडीमा केहि डर देखिनु सामान्य हो, तर विक्रम जसरी विपक्षीसँग जुधेका थिए त्यसले उनमा कुनै डरको संकेत देखिएको थिएन ।

बिक्रम चलिरहेको शाहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबका लागि एक महर्वपूर्ण खेलाडी रहने छन| बिक्रम आफु दैनिक अभ्यासको मद्तले चाडै आफ्नो पुरानो रूपमा आउने र राष्ट्रिय टोलीको स्थानकोलाई मेहेनत गर्ने बताएका छन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *