बिग बास फाईनलमा सन्दिपको टिम पराजित

खेलपेपर, काठमाडौं।
५ फाल्गुन २०७५

सन्दिपकाे टिम मेलबर्न स्टार्स बिग बास लिगको उपाधि जित्नबाट बञ्चित भएकाे छ । फाइनलमा मेलबर्ने रेनेगेट्सँग १३ रनले पराजित भयाे ।

टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेट्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्सले ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सक्यो । ओपनर वेन डन्कले ५७ र मार्कोस स्टोनिसले ३९ रन बनाउनु बाहेक अन्य खेलाडी चल्न सकेनन् ।

रेनिगेड्सका टम कोपरले अविजित ४३ तथा ड्यानियल क्रिस्टियनले अविजित ३८ रन जोडे । स्टार्सका एडम जाम्पा र ज्याक्सन बर्डले २/२ विकेट लिए ।

नेपालका सन्दीपले किफायती बलिङ गरेपनि विकेट लिन सकेनन् । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिए ।

यसअघि सन्दीपको टिम स्टार्सले होबार्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यस्तै रेनिगेड्सले सिड्नी सिक्सर्सलाई ३ विकेटले पराजित गर्दै स्टार्ससंगको भेट पक्का गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *