बिनिता राइ

खेलपेपर, काठमाडौं।

नाम: बिनिता राइ

जन्म मिती: पुष २९ २०३९

खेल: बडीबिल्डिङ

लम्बाइ: ५ फिट

केही समय अगाडि भएको आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी बिनिता राइ नेपालबाट अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा सहभागिता जनाउन एही सेप्टेम्बर जादै छिन।

स्कुले जीवन देखी वैवाहिक जीवन हुदै बच्चा जन्मदाको अवस्थासम्म पनि विनितालाई ढाड दुख्ने समस्याले हैरान पारेको थियो । एसै कारण ब्यायमको सुरुवात गरेकी राइले ५ बर्षसम्म निरन्तर मेहेनत गर्दै आजको दिनसम्म ३ बिभिन्न प्रतियोगितामा भाग लिदै सफलता हासिल गरेकी छिन। बिनिताले आफ्नो पहिलो प्रतियोगिताको रुपमा २०१८ को मिस्टर एभरेष्टमा सहभागिता जनाएकी थिन। सो प्रतियोगितामा उनी उपबिजेता हुन सफल भएकी थिन। मिस्टर एभरेष्टको १५ दिन मै उनी पोखरामा भएको मिस्टर बुल्समेनमा सहभागी भई बिजेता बन्न सफल भएकी थिन। राइको प्रमुख लक्ष्य भने मिस्टर बुल्समेन रहेको थियो र तेही अनुसार ब्यायम गरेपनी उनी मिस्टर एभरेष्टमा उपबिजेताको दर्जा हासिल गर्न सफल रहिन्। राइले एक मात्र सहभागी भई मिस्टर ओलम्पियाको प्रो कार्ड ओमेन फिजिकमा जितेकी थिन। नेपालमा पहिलो पटक आएको मिस्टर ओलम्पियाको प्रो कार्डको बिजेता भएर नेपालबाट प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली रहने छिन।

“वोन्डेर वोमन”को उपनामले प्रखयात रहेकी राइ साँच्चै आफ्नो मेहेनतले सो नामको हक्दार बन्न सफल भएकी छिन।
खेल बाहेक एउटा आमा पनि रहेर बडिबिल्डिङमा नाम बनाउन सफल भएकी छिन।
धेरै कम महिला भएको एस खेल क्षेत्रमा निरन्तर सफल हुन बलियो आत्मबिश्वास दिने काम एकदम सहयोगी परिवारले गर्दै आएको छ। उन्को परिवारमा राइ, उन्को पती र उन्को छोरा रहेक छन। एस्तै सधैं समर्थन गरेर उन्लाई अगाडि बढ्न उन्को गुरुहरुको ठुलो हात रहेको बताइन।
एस्तै राइ खेलमा मात्र सिमित नरही आफ्नो पढाई पनि स्नातकोत्तर तह सम्म उत्रिण भएकी छिन। राइ तेतीमा मात्र सिमित नभएर क्यामरामा नि निकै रुची रख्छिन। उन्ले लण्डनको एस्केप स्टुडियोसबाट कोम्पेसेटिङमा डिप्लोमा पनि गरेकी छिन।

नेपालमा पहिलो पटक मिस्टर ओलम्पियामा जाने बाटो खुलेको हो र पहिलो पटकनै एउटा नेपाली प्रस्पर्दी एश प्रतियोगितामा भाग लिने छ। बडिबिल्डिङ एउटा महँगो खेलको रुपमा लिने गरिएको छ र बिश्वोस्तरिय प्रतियोगितामा भाग लिन निकै खर्चिलो हुने छ। नेपालबाट पहिलोपल्ट भाग लिन जाने हुँदा पनि आहिले सम्म राइले आफ्नो स्वयम खर्चबाट तयारी गरिरहेको र कुनै संघसंस्था नत सरकारबाट केही प्रायोजनको आश्वासअन पाएको गुनासो राखिन।

बिनिता राइ अमेरिकाको लास भेगसमा हुने मिस्टर ओलम्पियामा हुने प्रतियोगितामा प्रतिस्पर्दा गर्न आउने सेप्टेम्बरमा जादै छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *