बि डिभिजन लिग: श्रीकुमारी विजयी

खेलपेपर, काठमाडौं।
५ फाल्गुन २०७५

शहीद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आईतवार भएको खेलमा श्रीकुमारी क्लब विजयी भएको छ ।

श्रीकुमारीले नयाँवस्ती यूथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा श्रीकुमारीका लागि विवेक चौधरी र रुकेश श्रेष्ठले गोल गरेका थिए । बाह्र टोली सहभागी उक्त प्रतियोगताको विजेताले रु आठ लाख पुरस्कार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *