बीबीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

खेलपेपर, काठमाडौं।
२७ माघ २०७५

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट प्रतियोगितामा सिड्नी सिक्सर्सलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

 

सिड्नी सिक्सर्सलाई आइतबार ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै मेलबर्न लिगमा दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुग्न सफल भएको हो । मेलबर्नले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १३ ओभर ४ बलमा ७४ रनमा अलआउट गर्दै फराकिलो जित निकालेको हो ।

 

सिड्नीलाई कम स्कोरमा रोक्न मेलवर्नका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले आफ्नो स्पेलको ३ ओभर ४ बलमा ११ रन खर्चिएर ३ विकेट हात पारे ।
सिड्नीका ड्यानिय ह्युग्सले १२, स्टिभ ओ किफीले ११ तथा टोम कुरनले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुुल्न सकेन ।
एडम जाम्पा र ड्यानियल ओरालले समामन २–२ तथा ग्लेन म्याक्सवेल र ज्याक्सन बर्डले समान १–१ विकेट हात पारे ।

 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलवर्नले ग्लेन म्याक्सवेलको आक्रमक इनिङ्सको मद्दतमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो । मेलबर्नका लागि म्याक्सवेलले ४३ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा ८२ रन बनाएको थियो । पिटर ह्यान्डकम्वले ३५ तथा मार्कुंस इस्टोइन्सले ३४ रन जोडे । निक म्याडिन्सले १३ रन जोडे । सिड्नीका टोम कुरनले २ तथा बिन डिवार्सियस, सिन एब्बोट र स्टिभ ओ किफीले समान १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *