बीबीबीएचएस फुटबल प्रतियोगिता सम्पन्न

काठमाडौं :श्री गणेश स्कुलले प्रथम बीबीबीएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आईतवार भएको फाईनल खेलमा श्री गणेशले पञ्चकन्या स्कुललाई १–० गोल अन्तरले हराँउदै च्याम्पियन बन्यो । उपाधि बिजेता टिमका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए । तेश्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआईएलाई टाईब्रेकरमा ५–४ गोलले हरायो ।

प्रतियोगितामा सेन्ट जेभियरका प्रितम लामाले सर्वोकृष्ट खेलाडीको उपाधि जिते । उपाधि बिजेता श्री गणेश स्कुलका संजिब तामाङले ४ खेलबाट ७ गोल गदै हाईस्कोरकर्ताको उपाधि जिते । पञ्चकन्याका अनिल गुरुङ बेष्ट किप्पर चुनिए । बिजेता टिम तथा खेलाडीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कृत गरेका थिए । बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) को आयोजनामा संचालन भएको प्रतियोगितामा २४ छात्र टिमको सहभागिताको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *