बी डिजिभन लिग : सातदोबाटो विजयी

खेलपेपर, काठमाडौं।
२८ माघ २०७५

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले श्रीकुमारी क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल मैदानमा भएको खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सातदोबाटोको जीतमा दीपेश गुरुङ र राजन पुनले गोल गरे । दीपेशले खेलको पहिलो हाफको २१आँै मिनेटमा गोल गर्दै सातदोबाटोलाई शुरुआती अग्रता दिलाए । खेलको दोस्रो हाफको ५३औँ मिनेटमा राजनले एक गोल थप्दै सातदोबाटोको जीत सुनिश्चित गरे ।

यता कुमारीका लागि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुविज्ञ रेग्मीले एक सान्त्वना गोल फर्काएका थिए । जारी प्रतियोगतामा लिगको विजेताले रु आठ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ । त्यस्तै तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *