बी डिभिजन लिग : झम्सिखेल विजयी

खेलपेपर, काठमाडौं।
७ फाल्गुन २०७५

शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलवार भएको दोस्रो खेलमा झम्सिखेल युथ क्लबले श्री कुमारी युथ क्लबलाई १–० ले पराजित गरेको छ ।

एन्फा मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा श्री कुमारीका यज्ञ प्रधानले खेलको ८४ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही गोल झम्सिखेललाई तीन अङ्क दिलाउन महत्वपूर्ण बन्यो । राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । लिगको विजेता टोलीले आठ, उपविजेताले पाँच, तेस्रो हुनेले तीन र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.