बुद्धिचालमा सुजना अगाडि

आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलामा छैटौं चरणको खेल सकिँदासम्म आर्मीकी सुजना लोहनी ६ अंकसाथ शीर्ष स्थानमा छिन् ।प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन् । पुरुषमा ६ चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईं तथा एपीएफका क्षितिज भण्डारी समान ५–५ अंकमा पहिलो स्थानमा छन् । उनीहरुलाई समान ४.५–४.५ अंक जोडेका प्रहरीकात्रय मदनकृष्ण कायश्थ, मनीष हमाल र सूरवीर लामा तथा आर्मीका भूपेन्द्र निरौलाले पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *