काठमाडौं :बूढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले १९ अंक जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे ।
समूह ‘ए’ मा रहेको बूढानीलकण्ठले लिगमा आयोजक बीएमके, गोल्डेनगेट र आइस वाकरलाई पराजित गरेको थियो भने एसडीसीबाट वाक ओभर पाएको थियो । त्यस्तै बूढानीलकण्ठले एनसीएचएसलाई हराएको थियो ।विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे । बूढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई प्रदेश सांसद् नारायण सिलवाल, बीएमकेका अध्यक्ष हरि अधिकारी, बीएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट बैंक, कोशी म्यानपावर, विशाल नगर माइक्रो बस सेवा, स्क्रेब सि फुड रेस्टुरेन्ट, युनाइटेड ट्रेडर (टोयोटा), गोरखकाली ड्राइभिङ सेन्टरलगायतले प्रायोजन गरेका छन् । असोज ४ गतेदेखि सुरु प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।