बेल्जियमको उत्कृष्ट ‘कमब्याक’

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्र्तगत सोमवार राती भएको खेलमा बेल्जियमले आफुलाई यो प्रतियोगिताको उत्कृष्ट टिम हो भन्ने प्रमाणित गर्न सफल भएको छ । जापान विरुद्ध प्रिक्वाटरफाइनलमा खेलेको बेल्जियमले २–० को अवस्थालाई जीतमा परिणत गरेको थियो । खेलको दोस्रो हाफको पनि २० मिनेट वितिसक्दा २ गोलले अगाडी रहेको जापानले त्यसपछिको समयमा थप तीन गोल खाएको थियो । खेलको ६९ औं मिनेटमा पहिलो र ७४ औं मिनेटमा दोस्रो गोल गर्दै बेल्जियमले बरावरी गरेको थियो । खेल सकिनै लाग्दा थप एक गोल गरेपछि जापान स्तब्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *