बेल्जियमलाई तेश्रो स्थान

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्र्तगत शनिवार राती भएको खेलमा इङल्याण्डलाई पराजित गर्दै बेल्जियमले ऐतिहासिक तेश्रो स्थान प्राप्त गरेको छ । इङल्याण्ड माथी २–० गोल अन्तरको जीत दर्ता गराएपछि बेल्जियमले यो सफलता हात पारेको हो । क्वाटरफाइनल पछिको खेल हेर्दा बेल्जिमयलाई कसैले रोक्न सक्ने जस्तो देखिएको थिएन । तर फ्रान्सले बेल्जियमको यात्रामा विराम लगाइदियो । विश्व कप फुटवलमा प्राप्त गरेको बेल्जियमको यो सफलता अहिलेसम्मकै उत्कृष्ट हो । यो सफलताले आगामी विश्वकपमा फाइदा हुने विश्वास बेल्जियमका खेलाडीको छ । खेलको शुरुवात बाटै इङल्याण्ड दवावमा थियो । चौथो मिनेटमा नै बेल्जियमले गोल गरेको थियो । दोस्रो गोल खेलको ८२ औं मिनेटमा भएपछि इङल्याण्ड चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *