ब्याडमिन्टन टोली सिड्नी प्रस्थान

काठमाडौं  :सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाई गर्नु भएको छ । सुभाष श्रेष्ठको नेतृत्वमा रहेको ११ सदस्य टोलीका खेलाडीमा रत्नजित तामाङ,दिपेश धामी,विष्णु कटुवाल,दिपक बोहोरा,अनुमाया राई र शोभा गौतम रहेका छन् । प्रशिक्षकमा सुदिप कुमार योञ्जन र उदयकुमार श्रेष्ठ रहेका छन् । ब्यवस्थापकमा चन्द्र शेखर तामाङ र अनुज बस्नेत रहेका छन् । १८ देखि २२ तारिख सम्म संचालन हुने प्रतियोगिताका लागि टिम प्रस्थान गदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *