ब्राजिल र मेक्सिको बरावरीमा रोकिए

रियो, ४ असार
विश्व कप फुटवल अन्र्तगत मंगलवार राती भएको ब्राजिल र मेक्सिको विचको खेल गोल रहित बरावरीमा सकिएको छ । समुहगत चरणको पहिलो खेलमा दुवै टिमले जीत दर्ता गराएका थिए । यो बराबरीले दुवै टिम महत्वपुर्ण अंक जोड्न सफल भएका छन् । निर्धारित ९० मिनेटको खेलमा ब्राजिल र मेक्सिको दुवै टिमले गोल गर्ने केही राम्रा अवसर पाएका थिए ।  तर कुनै पनि टिम सफल हुन सकेनन् र एक एक अंक बाड्न बाध्य भए । ब्राजिलले समुहगत चरणको पहिलो खेलमा क्रोएशियालाई पराजित गरेको थियो । त्यस्तै मेक्सिकाले क्यामरुनलाई पराजित गरेको थियो । तर मंगलवार राती भने ब्राजिल बलियो सावित हुन सकेन । मेक्सिको विरुद्ध हावी हुन खोज्ने ब्राजिलका सवै प्रयासहरुलाई उनीहरुले असफल तुल्याइदिए । ब्राजिलले पटक पटक गोल गर्ने प्रयास गरेपनि मेक्सिकोका गोलकिपर गुलेर्मो ओचोआले असफल तुल्याइदिए । उनकै कारण नेम्यारले दुई पटक र थिएगो सिल्भाले एक पटक गोल गर्ने राम्रो अवसर गुमेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *