भक्तपुर च्याम्पिन

भक्तपुर नगरपालियकाले दोश्रो उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको सिनियरतर्फ उपाधि जितेको छ । ६ स्वर्णसाथ भक्तपुर च्याम्पियन बन्यो ।विद्या आर्जन सितोरियो कराते डोजोद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्णसाथ थिमी डोजो दोश्रो भयो । 

भक्तपुर मेन डोजोले तेश्रो स्थानमा चित्त बुझायो ।भक्तपुरस्थित सिद्धी स्मृति प्रतिष्ठानमा भएको प्रतियोगिताको जुनियरतर्फ हिमशिखर स्कुल पहिलो, आयोजक विद्या आर्जन दोश्रो र समता शिक्षा निकेतन तेश्रो भए।प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजोका अध्यक्ष सूर्यबहादुर तामाङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *