भलिबल प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई जनही ५ हजार

काठमाडौं, २० असार ।

नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणबाट बाहिरिएका नौ खेलाडीलाई बिदाइ गरिएको छ । संघको शनिबार बसेको कार्यसम्पादन समितिले प्रशिक्षणबाट पहिलो चरणमा बाहिरिएका नौ खेलाडीलाई नगद रकमसहित बिदाइ गरेको गरिएको हो । बाहिरिएका ९ खेलाडीलाई नगद ५ हजार रुपैयाँको दरले दिने निर्यय गरेको संघका उपाध्यक्ष निरोज मास्केले बताएकी छन् । उपत्यका बाहिरका खेलाडीलाई यातायात खर्च समेत दिएको उनले बताइन् । शनिबारै संघले प्रशिक्षणमा रहेका २७ खेलाडीबाट छनोट समितिको सिफारिसमा १८ खेलाडीलाई अर्को चरणमा छनोट गरेको छ । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका कमला पुन र हीरा केसीसहित ९ खेलाडी भने पहिलो चरणबाटै बाहिरिएका थिए । आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि अब प्रशिक्षणमा १८ खेलाडी हुनेछन् । जसमा यसअघि राष्ट्रिय टिममा खेलेका १३ खेलाडी र नयाँ ५ जना छन् । संघका उपाध्यक्ष मास्केले बताए अनुसार अब यसबाट १४ सदस्यीय अन्तिम टोली छनोट गरिने छ । संघको कार्यसम्पादन समितिको बैठकले संघकै केन्द्रिय सदस्य ज्योति केसीलाई टिम म्यानेजरको रुपमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *