भाग्यले साथ दिएपछि…..

मस्को, एजेन्सी
विश्व कप फुटवल चलिरहदै गर्दा धेरैले खेल सँगै भाग्य पनि आवश्यक पर्ने बताइरहदै गर्दा अन्तिम १६ मा स्थान बनाउन जापानलाई साच्चि नै भाग्यले साथ दियो । समुहगत चरणको पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गर्दै कोलम्विया जस्तो बलियो टिमलाई पराजित गरेको जापान त्यसपछिका खेलमा भने कमजोर नै देखियो । दोस्रो खेलमा सेनेगलसँग दुई दुई गोलको बरावरी खेलेको जापान अन्तिम खेलमा पोल्याण्डसँग पराजित भयो । अन्तिम खेलमा पराजित भएपछि जापान र सेनेगल दुवैको समान चार अंक भयो । खाएको गोल र फर्काएको गोल पनि बरावरी भएपछि फेयर प्लेका आधारमा जापान अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो । अफ्रिकी महादेशबाट एउटा मात्र देश अघिल्लो चरणमा पुग्ने अपेक्षा गरिएको थियो तर भाग्यले नै साथ दिएपछि एशियाली मुलुक जापान अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो । त्यसैले खेलमा राम्रो प्रर्दशन मात्र होइन भाग्य पनि बलियो हुनुपर्छ भन्ने पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *