भारतले जित्यो साफ च्याम्पियनसिप

भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार  भएको फाइनलमा अघिल्लो सिजनको विजेता अफगानिस्तानलाई २-१ ले पराजित गर्दै भारत सातौं पटक  साफ च्याम्पियन बनेको हो । भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए । खेलमा अफगानिस्तानले ७० औं मिनेटमा जुवायर अमिरीको गोलबाट अग्रता लिएको थियो । ७२ औं मिनेटमा जेजेले भारतका लागि बराबरी गोल गरे । निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा भारतले २-१ को अग्रता लिन सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *