भिनिसियस जुनियर

खेलपेपर, काठमाडौं।
५ फाल्गुन २०७५

रियल मड्रिडमा आधिकारिक रुपमा १२ जुन २०१८ मा आबध भएका १८ बर्सिये ब्राजिलिएन भिनिसियस जुनियर कम उमेर भएपनी आफ्नो प्रदर्शनले प्रख्यात भईरहेका छन।

भिनिसियसले रियलबाट यो सिजन १२ खेलबाट २ गोल गरेका छन। रियलको महत्वोपूर्ण खेलाडी रोनाल्डोको प्रस्थान पछी क्लबलाई जितको बाटो देखाउन १८ बर्सिये भिनिसियसले महत्वपूर्ण भूमिका खेलिरहेका छन। भिनिसियसको उत्कृष्ट लयका कारण रियलको टोलीमा इस्को, मार्को एसेस्न्सियोलगायतका खेलाडीलाई पनि सुरुवाती रोजाइमा स्थान बनाउन कठिन भइरहेको छ ।

उन्को उत्कृष्ट प्रदर्शनका कारण अर्को महिना हुने ब्राजिलको मैत्रिपूर्ण खेलका लागि स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियरले सिनियर टोलीबाट मौका पाउने भएका छन् । ब्राजिलले मार्च २३ मा पानामा र मार्च २६ मा चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । उक्त दुई खेलका लागि प्रशिक्षक टिटेले रियल म्याड्रिडका १८ वर्षीय फरवार्ड भिनिसियसलाई टोलीमा समेट्ने बताएका छन् । टिटेका सहायक प्रशिक्षक सिल्भिन्होले उनको खेल पनि हेरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *