भूमि स्मृति कप फुटसल बिहीबारदेखि

काठमाडौं : दिब्याना म्यानेजमेन्ट एन्ड आईटी सोल्युसन प्रा.लि. को आयोजनामा भूमि स्मृति कप खुला फुटसल प्रतियोगिता असोज ९ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा ३० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

विजेताले ४० हजार तथा उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ७० हजार रुपैयाँ खर्च हुने छ । तीनदिने प्रतियोगिताका खेलहरु बनस्थलीस्थित बल्छी धुर्वे फुटसल क्लबमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *