भेट्यो कि पिट्छु भन्ने मनाङगेले किन अंगालो हाले कर्मालाई ?

काठमाण्डौ, १ असार
पोखरामा फुटवलकै विषयलाई लिएर कर्मा छिरिङ शेर्पाले विशेष मन पराउने मिलन गुरुङलाई केही समय पहिले राजिव गुरुङ उर्फ दिपक मनाङगेले हात पात गरे । मिलनलाई हातपात गरे लगत्तै मनाङगेले कर्मा छिरिङ शेर्पा पनि फटाहा भएकाले उसलाई पनि जहाँ भेट्यो त्यही पिट्छु भनेर सार्वजनिक रुपमै भनेका थिए । त्यसपछि लामो समय कर्मा छिरिङ दिपक मनाङगेको नजिक नै परेनन् । पिट्नलाई पछि नपरेका मनाङगेलाई भेटन लकडाउनको समयमा समेत कर्मा छिरिङ शेर्पा पोखरा पुगे र खदा लगाएर बधाई दिन सफल भए । उनलाई मनाङगेले अंगालो हालेर खिचिएको फोटो अहिले खेल क्षेत्रमा चर्चाको विषय बनेको छ । एन्फाका एक जना अधिकारीले दिएको जानकारी अनुसार रत्न श्रेष्ठले केही समय अगाडी नै मनाङगे र कर्मा छिरिङको विचमा सेटिङ मिलाएका थिए । सेटिङ मिले लगत्तै ठमेलमा एउटा राम्रो रात्री भोजको पनि आयोजना गरिएको दावी सुत्रको छ । कर्मा छिरिङ शेर्पाले मनाङगे सँग आफनो सम्बन्ध दामी छ भनेर देखाउनका लागी बधाई दिन पोखरा पुगेको उनलाई नजिकबाट चिन्नेहरुको दावी छ । तर मनाङगले केही महिना पहिले मात्रै कर्मा छिरिङ शेर्पाले नेपाली फुटवल सखाप बनाएको आरोप लगाएका थिए ।
लकडाउनको अवज्ञा गर्दै पोखरा पुग्ने एन्फाको टोलीमा रत्न कुमार श्रेष्ठ, विजय घले, रुपेश अधिकारी लगायत रहेको बताइएको छ । सर्वसाधारण जनतालाई लक डाउन भनेर कतै निस्कने नदिने राज्य संयन्त्रले एन्फाका पदाधिकारी बधाई साटासाट गर्न पोखरा पुग्दा समेत किन रोक्न सकेन भन्ने प्रश्न पनि खेल क्षेत्रमा ब्यापक छ । केही दिन अगाडी मात्रै लकडाउनको अवज्ञा गरेको भन्दै कांग्रेसका ‘नव’ नेता गणेश लामालाई कास्की जिल्ला प्रशासन कार्यालयले तीन हजार जरिवाना गरेर छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *