मध्यमाञ्चल पहिलो

काठमाडौं, पुस ११ गते ।
मध्यमाञ्चल राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा मंगलबार पहिलो भएको छ ।
सातदोबाटोमा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २–० ले पराजित ग¥यो । पहिलो सिंगल्समा मध्यमाञ्चलका छिरी लामाले पश्चिमाञ्चलका मित्रलाल गुराउलाई ११–६, ११–३ र ११–६ तथा अर्को सिंगल्समा मध्यमाञ्चलका अरहान्तकेशर सिम्हले पश्चिमाञ्चलका अमृत थापा मगरलाई ११–७, १२–१० र ११–८ को सोझो पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *