मनाङको अपराजित बाटो कायम

खेलपेपर, काठमाडौं।
१९ मङ्सिर २०७५

मनाङ मर्स्याङदी क्लबले जावलाखेल युवा क्लबलाई १-० ले पराजित गरेको छ । अन्जन विष्टले निर्णायक गोल गरेपछि पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मनाङले जित हासिल गर्दै अपराजित रहन सफल भएको छ। पहिलो हाल्फ गोल रहित रहेपछी दोस्रो हाफको ६२ औं मिनेटमा मनाङले सुरुवाती अग्रता लियो । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै लिगको व्यक्तिगत पाँचौ गोल गरे । डिफेन्डर अडामा डुम्बियाले ओलावाले आफिजलाई ६ यार्ड बक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।

यस जितसँगै मनाङ लगातार छैटौं जित दर्ता गर्दै १८ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दोस्रो स्थानको संकटालाई ३ अंकले पछाडी पारेको छ । जावलाखेल भने ६ खेलमा १ जित, १ बराबर र ४ हारसँगै ४ अंक जोड्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published.