मनाङको उपाधि यात्रा सहज

खेलपेपर, काठमाडौं।
२८ मङ्सिर २०७५

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लबले उपाधि यात्रा सहज बनाएको छ ।
आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतिष्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै गर्दै मनाङ्ले अपराजित यात्रा कायमै राखेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको आर्मीले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । आक्रामक देखिएको खेलमा आर्मीले एक पछि अर्को योजना बुनेपनि गोल गर्न भने सकेन । मनाङका लागि विजयी गोल विशाल राईले खेलको ३१औँ मिनेटमा गरेका थिए ।

मनाङ्का प्रशिक्षक सुमन श्रेष्ठले आजको जितसँगै उपाधि जित्ने सम्भावना बलियो हुँदै गएको बताउनुयो । उहाँले भन्नुभयो, “अब लिगको उपाधि जित्ने सम्भावना ७५ प्रतिशत छ ।” उहाँले थ्री स्टार क्लबविरुद्ध खेल्दाकै रणनीतिअनुसार आजको खेल खेलेको र त्यसमा आफू सफल भएको बताउनुभयो ।जितसँगै मनाङले आठ खेलबाट २४ अङ्क जोडेको छ । आर्मी १७ अङ्कसहित चौथो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *