महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किये

काठमाडौं, खेलपेपर |

टोकियो २०२० अोलम्पिकको एएफसी महिला फुटबल छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली अाज स्वदेश फर्किये । टोली दिउँसो १:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए|

झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको नेपाली टोली प्रतियोगितामा अपराजित रहयो । नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १-१ को बराबरी खेल्यो । सबै खेलमा नेपालले अग्रता पनि लिएको थियो । समूहको तेस्रो स्थानमा रहनुको बाबजुद पनि नेपाली टोली उत्कृष्ट दुई तेस्रो टोलीमा अटाउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

छनोट प्रतियोगिताको ८ समूहबाट प्रत्यक समूहका शीर्ष दुई टोली र उत्कृष्ट २ तेस्रो स्थानको टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । समूह ए बाट चाइनिज ताइपेइ र फिलिपिन्स अगाडी बढ्दा समूह बी बाट इरान् र हङकङले दोस्रो चरणमा स्थान सुरक्षित गरे । समूह डी बाट जोर्डन र इन्डोनेसिया दोस्रो चरणमा पुगेका छन् । यसै समूहको अन्तिम खेलमा प्यालेस्टाइनले माल्दिभ्सलाई २-१ ले पराजित गर्दै उत्कृष्ट तेस्रो टोलीको दोस्रो स्थानमा रहेर दोस्रो चरणमा छनोट भएको हो ।

अब छनोट भएका यी १० टोलीले उज्बेकिस्तान र भिएतनामसहित दोस्रो चरणको छनोट प्रतियोगिता खेल्नेछन् । सन् २०१९ अप्रिल पहिलो साता तोकिएको उक्त प्रतियोगितामा तीन समूह हुनेछ । प्रत्यक समूहको शीर्ष टोलीले छनोटको तेस्रो चरणमा स्थान बनाउने छन् । छनोटको तेस्रो चरणमा यी तीन राष्ट्रले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाईल्यान्डसँग खेल्नेछन् । त्यस प्रतियोगिताबाट दुई टोली ओलम्पिकमा छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *