माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा चेम्जोङ

खेलपेपर, काठमाडौं।
२६ मङ्सिर २०७५

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् ।

माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोल किपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन् । आगामी पुस ३ गते उक्त अवार्डको विजेता धोषणा गरिनेछ ।

किरण टिसी स्पोटर्स क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् । उनकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहमद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् ।

क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ । यसअघि नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इण्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published.