मिडफिल्डर सिल्भाले अबिश्वसनिय रेकर्ड राख्दै ।

चैत, १२ , काठमाडौं । स्पेनका लागि मिडफिल्डर डेभिड सिल्भाले निकै नै अबिस्वसनिय रेकर्ड राख्दै आएका छन् । विश्वकप छनौट अन्तर्गत इजरायलबिरुद्धको ४(१ को जितमा गोलको सुरुवात गरेका सिल्भा स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने चौथो खेलाडीसमेत साबित गरिसकेका छन् । पहिलो हाफमा गरेको गोलसँगै म्यान्चेस्टर सिटीका  सिल्भाले स्पेनका लागि ११० खेलमा गोलसंख्या २९ पुर्‍याएका छन् । दोस्रो हाफमा अर्को गोल गर्ने अवसर भएता पनि  बल क्रसबारमा लागेर बाहिरिएको थियो ।अहिलेसम्म स्पेनका लागि धेरै गोल गर्ने चौथो खेलाडी बनेका सिल्भाभन्दा अगाडि डेभिड भिया ५९ गोल, राउल ४४ गोल र फर्नाण्डो टोरेस ३८ गोल  छन् । सिल्भाले रियल मड्रिडका फर्नाण्डो हेरिरोको २९ गोलको रेकर्डसँग बराबरी गरेका छन् । र उनी स्पेनका लागि सबैभन्दा धेरै गोल गर्ने फरवार्डभन्दा अन्य पोजिसनका खेलाडी बनेका छन् । विश्वकप युरोपेली छनौटमा ५ खेलमा १३ अंक पुर्‍याउने क्रममा सिल्भाका अलावा डिएगो कोष्टा, भिटोलो र इस्कोले गोल गरेका थिए । स्पेन समूहको शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *