मुरलीधरण अव अष्ट्रेलियाको प्रशिक्षक

सिड्नी, ४ असार
अष्ट्रेलियाले श्रीलंकाली स्पीन बलर मुथैया मुरलीधरणलाई सल्लाहकार प्रशिक्षकका रुपमा नियुक्त गर्ने भएको छ । यसै बर्ष पाकिस्तान विरुद्ध यु ए ई मा हुने टेष्ट क्रिकेटका लागी उनलाई भाडामा लिन लागेको अष्ट्रेलियाले जनाएको छ । पछिल्लो समय सेन वार्नको विश्राम पछि अष्ट्रेलियामा स्पीन बलिङको खडेरी नै लागेको छ । त्यसैले मुरलीधरणको अनुभव उनीहरुका लागी उपयोगी हुने विश्वास अष्ट्रेलियाले लिएको छ । विश्व क्रिकेटमा मुरलीधरण चर्चित नाम हो । उनको बलिङ विश्व क्रिकेट जगतमा नै चर्चित छ । मुरलीधरणको सक्रियतामा श्रीलंकाले उत्कृष्ट नतिजाहरु पनि हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *