मेक्सिकोबाट क्रोएशिया स्तब्ध

रियो, १० असार /

समुह ए अन्र्तगत सोमवार राती भएको अर्को खेलमा मेक्सिकोले क्रोएशियालाई तीन एक गोल अन्तरले पराजित गर्दै प्रि क्वाटरफाइनलमा आफनो स्थान सुरछित गर्‍यो । पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिए । चार वटै गोल खेलको दोस्रो हाफमा संभव भएका थिए । खेलको ७२ औं मिनेटमा मार्कुइजले मेक्सिकोका लागी पहिलो गोल गरेका थिए । त्यो गोल भएको तीन मिनेट पनि वित्न नपाउदै ग्वारडाडोले अर्को एक गोल थपे । दोस्रो गोल पछि थप आक्रामक बनेको मेक्सिको अर्को एक गोल गर्न सफल भयो । ८२ औं मिनेटमा हर्नान्डेजले थप एक गोल गरे । क्रोएशिया सोमवार रातीको खेलमा निरिह जस्तै सावित भएको थियो । ८७ औं मिनेटमा पेरिसिकले गोल गर्दै आफनो टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *