मेरो खेल जीवन सकिएकै हो: जुलियो सेसार

रियो, २९ असार
ब्राजिलका गोलकिपर जुलियो सेसारले अव आफनो अन्तराष्टिय खेल जीवन सकिएको स्वीकार गरेका छन् । नेदरल्याण्डस विरुद्धको खेलमा आफनो टिम पराजित भएपछि प्रतिक्रिया दिदै सेसारले संभवत यो आफनो अन्तिम विश्व कप भएको बताए । उनले आगामी बर्ष हुने कोपा अमेरिका फुटवल हुने बेलासम्ममा आफु ३५ बर्षको भइसक्ने हुनाले त्यो अवस्थामा खेल्न कठिन हुने बताउदै उनले आफनो अन्तराष्टिय खेल जीवन अव लगभग सकिएको संकेत गरे ।
साथै सन् २०१८ को विश्व कपलाई दिमागमा राखेर मात्रै कोपा अमेरिकामा खेल्नुको अर्थ हुने भएका कारण पनि अर्को विश्व कप बारे आफुले नसोचेको उनले बताए । सेसार गत बर्ष मात्रै ब्राजिली टिममा बोलाइएका थिए । उनलाई कोच लुइस फिलिप स्कोलारीले राष्टिय टिममा समावेश गराएका थिए ।
अन्तिम १६ को खेलमा चिलीलाई पेनाल्टी सुट आउटम हराउदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेपछि उनको क्लवा टोरन्टो फुटवल क्लवमा उनी हिरो नै बनेका थिए । तर जर्मनी विरुद्धको हार र आइतवार विहान नेदरल्याण्डस विरुद्ध भएको हार पछि उनी थप चिन्तित बनेका छन् । उनले ब्राजिली फुटवलका लागी अहिलेको अवस्था दुखद भएको पनि टिप्पणी गरे । उनले अव यि सवै विषय विर्सेर आराम गर्नु पर्ने अवस्थामा आफु आइपुगेको पनि तर्क गरे । उनले अव आफनो जर्सी अर्को कुनै योग्य खेलाडीले लगाउन पाउनु पर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *