मेलिशा सम्मानित

काठमाडौं जिल्ला तेक्वान्दो संघले अन्तर्राष्ट्रिय पदक विजेता मेलिशा खड्गीलाई शनिबार सम्मान गरेको छ । विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मेलिशासहित काठमाडौं जिल्लाका करिब ५० अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच सम्मान गरे ।

सो अवसरमा तेक्वान्दोका पूर्व प्रमुख प्रशिक्षक नन्दु राई, वर्तमान तेक्वान्दो प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ, एन्फा महासचिव इन्द्रमान तुलाधर, नेपाल तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष केशव पुरीलगायतलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा उपत्यकामा रहेको तेक्वान्दो डोजाङका प्रमुखहरुलाई ट्रयाकसुट पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *