मेसीलाई पाँचौ पटक उत्कृष्ट फुटवल खेलाडीको उपाधि

बार्सिलोनाका फवार्ड लियोनेल मेसीले यो बर्षको उत्कृष्ट फुटवल खेलाडीको उपाधि जितेका छन् । अर्जेन्टिनी स्टार मेसीले यो उपाधि जितेको  यो पाचौ पटक हो । २८ बर्षिय मेसीले कुल मतको ४१ दशमलव ३३ प्रतिशत मत प्राप्त गर्दै प्रतिष्ठित बेलुन डि ओर पुरस्कार प्राप्त गरे । मेसी सगै सो उपाधिका लागी रियल मेड्रिडका फर्वाड क्रिष्चियानो रोनाल्डो र बार्सिलोनाका नेम्यार पनि दौडमा थिए ।
मेसीले उत्कृष्ट फुटवल खेलाडीको उपाधि पहिलो पटक सन् २००९ मा जितेका थिए । त्यसपछि सन् २०१०, सन् २०११ र सन् २०१२ मा जितेका थिए । रोनाल्डोले २७ दशमलव ७६ प्रतिशत मत प्राप्त गरे । नेम्यारले जम्मा ७ दशमलव ८६ प्रतिशत मत प्रात्त गरे । यता महिला तर्फको उपाधि भने अमेरिकी मिडफिल्डर कार्ली लोयडले जितिन् । उनले विश्व कप फुटवलको फाइनलमा ह्याट्रिक गरेकी थिइन् । यता महिला फुटवल प्रशिक्षकको उपाधि अमेरिकी जिल एलिसले जिते । पोर्टसमाउथमा जन्मेका जिलले इङल्याण्डका मार्क स्यामसनलाई पछि पार्दै सो उपाधि जितेका हुन् ।
सन् २०१५ मा मेसीको खेल
.६१ खेलमा ५२ गोल
.२६ गोल उनको सहयोगमा
.ला लिगामा प्रत्यक्ष रुपमा ४९ गोलमा संलग्न, ३४ गोल उनी आफैले गरेको र १५ गोलमा सहयोग गरेको
.सन् २०१५ का सवै ६वटा क्लव प्रतियोगितामा गोल गरेको । जसमध्ये पाच वटामा बार्सिलोनाले जित हात पारेको

विगतका उत्कृष्ट खेलाडीहरु
२०१४ः क्रिश्चियानो रोनाल्डो
२०१३ः क्रिश्चियानो रोनाल्डो
२०१२ः लियोनेल मेसी
२०११ः लियोनेल मेसी
२०१०ः लियोनेल मेसी
२००९ः लियोनेल मेसी
२००८ः क्रिश्चियानो रोनाल्डो
२००७ः काका
२००६ः फावियो कानाभारा
२००५ः रोनाल्डिन्हो
२००४ः एन्ड्रिए सेभचेन्को
२००३ः पावेल नेडभेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *