मोड्रिचले जिते ब्यालोन डि’अोर २०१८

खेलपेपर, काठमाडौं।
१८ मङ्सिर २०७५

१० बर्षसम्म ब्यालोन डि’अोर उपाधिको राज रहेको लिओनेल मेस्सी र क्रिस्टिअनो रोनाल्डोलाई पछी पार्दै क्रोएसियाको कप्तान र रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को ब्यालोन डी’ अोर उपाधि जितेका छन् । बिहान पेरिसको ग्रान्ड पलैसमा भएको कार्यक्रममा मोड्रीचले आफ्नो पहिलो  ब्यालोन डि’अोर उपाधि हात परेका छन।

विश्व कपमा क्रोएसियालाई फाईनल सम्म कप्तानका रुपमा लग्न सफल भएका मोड्रिचले आफ्नो क्लबबाट पनि युइएफए च्याम्पियन्स लिग जित्न सफल भएका थिए। मोड्रिचले केही महिना अगी मात्र युइएफएको ” द बेस्ट ” भन्ने उपाधी जितेका थिए।

एही बर्ष देखी सुरु भएको उत्कृष्ट युब खेलाडीलाई रहेको कोपाको उपाधी फ्रान्सबाट विश्व कप जित्न सफल भएका युबा खेलाडी किलिअन एमबप्पेले हात परेका छन। एही बर्षदेखी सुरु भएको महिला फूटबलको ब्यालोन डि’अोर २०१८ को बिजेता नरवेको अदा हेगेरबेर्ग भएकी छीन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *