मोर्गन र साइपाल च्याम्पियन

काठमाडौं : मोर्गन र साइपाल एकेडेमी चौथो एनजेवाईसीएन अन्तरकलेज थ्री वाई थ्री बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । मोर्गन ब्वाइज तथा साइपाल गल्र्समा पहिलो भए ।नवजीवन युवा क्लब नेपाल (एनजेवाईसीएन) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा मोर्गनले मल्पीलाई १४–११ ले पराजित ग¥यो । मोर्गनका मीन बुढा मगरले ८ अंक जोडे ।

सिफलमा भएको गल्र्सको उपाधि भिडन्तमा साइपालले इन्साइट भिजनलाई १२–८ ले हरायो । साइपालकी पुनम राईले ६ स्कोर गरिन् । ब्वाइज÷गल्र्स दुवैमा पहिलो हुनेले १० हजार तथा दोश्रोले ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा मोर्गनका सुनील क्याप्छाकी तथा गल्र्समा साइपालकी पुनम राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, प्रतियोगितासंयोजक किमी गुरुङ र सह–संयोजक सुमन पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिनेनकआउट प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्सम ७ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *