यस्तो छ एन्फाको फुटवल तालिका

खेलपेपर, काठमाडौं।
२६ मङ्सिर २०७५

एन्फाले सार्वजनिक गरेको प्रतियोगिता र समय तालिकाअनुसार आगामी पुस २१ गतेदेखि २९ सम्म पाँचथरको फिदिममा ११ औँ फाल्गुनन्द गोल्डकप, पुस २४ गतेदेखि माघ ५ सम्म कैलालीको धनगढीमा तेस्रो सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, पुस २४ देखि माघ ५ सम्म वीरगञ्जमा दोस्रो विशाल मेमोरियल गोल्डकप हुनेछ ।  एन्फाका अनुसार माघ ३ देखि १२ सम्म बाराको सिमरामा १० औँ सिमरा गोल्डकप र माघ ११ गतेदेखि १८ गतेसम्म सुनसरीको इटहरीमा मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुनेछ । यसअघि मदनभण्डारी गोल्डकप काठमाडौँमा आयोजना गर्ने भनिए पनि रङ्गशाला निर्माणको काम नसकिएकाले इटहरीमा गर्न लागिएको हो ।  माघ १५ देखि २६ गतेसम्म पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, माघ १८ देखि २७ सम्म झापामा प्रथम धैलाशुब्बा गोल्डकप र माघ २० देखि २८ गतेसम्म धनकुटामा १४ आँै शहिद भीमनारायण गोल्डकप हुनेछ । यस्तै माघ २६ देखि फागुन ४ गतेसम्म धरानमा २१ आँै बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, माघ २९ देखि फागुन ११ गतेसम्म कास्कीको पोखरामा १७ आँै आहा रारा गोल्डकप, फागुन ४ देखि ११ गतेसम्म सुनसरीको दुहवीमा तेस्रो मनमोहन दुहबी गोल्डकप, फागुन ७ देखि १८ गतेसम्म बुटबलमा २१ आँै तिलोत्तमा गोल्डकप, फागुन १५ देखि २५ गतेसम्म झापाको बिर्तामोडमा चौथो झापा गोल्डकप र फागुन २३ देखि चैत २ गतेसम्म पाँचौ माइभ्याली गोल्डकप इलाममा हुने एन्फाले जनाएको छ । यसैगरी फागुन २५ देखि चैत २ गतेसम्म चितवनको नारायणगढमा १४ आँै विकास शिल्ड फुटबल प्रतियोगिता, फागुन २९ देखि चैत ९ गतेसम्म हेटाँैडामा तेस्रो हेटौँडा गोल्डकप, चैत ७ देखि १७ गतेसम्म मोरङको विराटनगरमा विराट गोल्डकप, चैत १५ देखि २४ गतेसम्म उदयपुर गोल्डकप, चैत १८ देखि २७ गतेसम्म चौथो नेपालगञ्ज गोल्डकप, चैत २२ देखि ३० गतेसम्म नुवाकोट गोल्डकप, चैत २५ देखि वैशाख ५ गतेसम्म सर्लाहीको लालबन्दीमा राजर्षी जनक गोल्डकप, वैशाख १ देखि १० गतेसम्म दोस्रो दमक गोल्डकप र वैशाख १२ देखि २१ गतेसम्म झापाको काँकडभिट्टामा चौथो मेचीनगर गोल्डकप हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *