यस्तो छ विश्वकपको सेमिफाइनल समिकरण

मस्को, एजेन्सी
विश्व कप फुटवलमा क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा स्थान बनाउने टोलीको टुङगो लागेको छ । फ्रान्स, बेल्जियम, इङल्याण्ड र क्रोएसियाले यो पटकको रसिया विश्व कपमा सेमिफाइनलमा स्थान बनाए । सेमिफाइनलका खेलहरु मंगलवारबाट शुरु हुनेछ । मंगलवार पहिलो सेमिफाइनल खेल हुनेछ जसमा फ्रान्सले बेल्जियमको सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेल बुधवार हुनेछ । बुधवारको सेमिफाइनल खेलमा इङल्याण्डले क्रोएशियाको सामना गर्नेछ । बेल्जियमले ब्राजिल जस्तो बलियो टिमलाई पाखा लगाउदै सेमिफाइनलको यात्रा तय गरेको हो । फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो । उता इङल्याण्डले स्वीडेनलाई पाखा लगाएको थियो । क्रोएशियाले आयोजक रसियालाई पाखा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published.