युनिभरसिटी चेस शुरु

असार १ गते, काठमाण्डौं ।

विश्वविद्यालय खेलकुद संघ नेपाल (युसान)को आयोजनामा दोश्रो युनिभरसिटी चेस च्याम्पियनसीप आइतबारदेखि शुरु भएको छ । नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग ७ चरणका खेलहरु साउथ वेस्टन स्टेट कलेज, बसुन्धरामा संचालन हुनेछन् ।
वल्र्ड यनिभरसिटी स्पोर्टस एसोशियसन फिसुको स्वीकृतिमा आयोजना गरिएको यस टुर्नामेन्टको पहिलो चरणको खेलमा गोल्डेनगेट कलेजका हिमाल लामा, सुरज पण्डित र सौरभप्रसाद प्रधान, काठमाण्डौं इन्जिनियरिङ्ग कलेजका क्षितिज भण्डारी, पुल्चोक क्याम्पसका आशिष आचार्य, थापाथलि क्याम्पसका रामशरण पाण्डे, पशुपति क्याम्पसका सुमन राई, त्रिचन्द्र क्याम्पसका विक्रमध्वज श्रेष्ठ, साउथवेस्टर्नका सक्सेस श्रेष्ठ, टाइम्स इन्टरनेशनल कलेजकी विनिता कपाली, क्याथफोर्ड कलेजका सुर्यसन प्रजापति, कान्तिपुर एकेडेमी अफ हेल्थ एण्ड साइन्सेसकी सविना गुजले विजयी शुरुवात गरेका छन् ।
चारदिने टुर्नामेन्टमा ५ विश्वविद्यालयमा आबद्ध २६ वटा कलेजका ५३ जना खेलाडीहरु सहभागी छन् । यस टुर्नामेन्टका विजेतालाई यहि सन् २०१४ अगष्ट १८ देखि २३ तारिखसम्म पोल्यान्डमा हुने १३औं वल्र्ड युनिभरसिटी चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागि गराइने आयोजक युसानका महासचिव पूर्णसिंह बोहराले बताए ।
यसअघि आयोजक युसानका अध्यक्ष प्रदिप जोशीको सभापतित्वमा एक कार्यक्रमबीच राखेप योजना तथा प्रतियोगिता विभाग प्रमुख कमल खनाल र साउथवेस्टर्न स्टेट कलेजका प्राचार्य डा. राजेन्द्र केसीले संयुक्तरुपमा चेस गोटी चालेर उद्घाटन गर्नुभयो ।
भोलि सोमबार विहान ११:०० बजे दोश्रो र दिउासो २:०० बजे तेश्रो चरणका खेलहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *