युरो कपको दोस्रो चरणमा इटलीको शानदार इन्ट्री

एजेन्सी, ६ असार

युरो कप फुटवल अन्तर्गत समुह ए बाट दोस्रो चरणमा पुग्ने दुई टिमको टुङगो लागेको छ । यो समुहबाट इटली र वेल्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भएका छन् । समुहगत चरणको अन्तिम खेलमा इटलीले वेल्सलाई र स्वीजरल्याण्डले टर्की माथी जीत दर्ता गराएपछि यो नतिजा निस्केको हो । इटली विरुद्धको खेलमा तीन गोल खाएका कारण स्वीजरल्याण्ड आइतवारको खेलमा जीत दर्ता गराएर पनि अघिल्लो चरणमा प्रवेश गर्न सकेन । आइतवार राती भएको खेलमा इटलीले वेल्स माथी एक शुन्य गोल अन्तरको जीत दर्ता गराएको थियो । इटलीले समुहगत चरणका सवै खेल जितेर आफुलाई बलियो दावेदारको रुपमा प्रस्तुत गरेको छ । यो समुहबाट टर्की बाहिरिएको छ । स्वीजरल्याण्डले अघिल्लो चरणमा प्रवेश पाउनका लागी अन्य खेल कुर्नु पर्ने भएको छ ।
आइतवार राती भएको खेलमा स्वीजरल्याण्डले टर्की माथी तीन एक गोल अन्तरको जीत दर्ता गराएको थियो । समुह ए बाट तीन खेलमा ९ अंक सहित इटली पहिलो, वेल्स तीन खेलमा ४ अंक सहित दोस्रो भयो । ४ अंक नै भएपनि अगाडी बढ्न अरुको खेलले मात्रै स्वीजरल्याण्डको भविष्य निर्धारण गर्दछ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *