युरो कपमा अन्तिम १६ को खेल शनिवारबाट

एजेन्सी,१२ असार
युरो कप फुटवलमा समुहगत चरणका खेलहरु समाप्त भएका छन् । अन्तिम १६ मा स्थान बनाउने टिमहरुको पनि टुङगो लागेको छ । अन्तिम १६ मा स्थान बनाउने टिमहरुमा अष्ट्रिया, बेल्जियम, क्रोएशिया, चेक रिपब्लिक र डेनमार्क रहेका छन् । अघिल्लो चरणमा प्रवेश पाउने अन्य भाग्यमानी टोलीमा इङल्याण्ड, फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्डस, पोर्चुगल, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, युक्रेन र वेल्स रहेका छन् ।
यो प्रतियोगिताको समुहगत चरणबाटै बाहिरिने टोलीमा फिनल्याण्ड, हंगेरी, नर्थ मेसेडोनिया,पोल्याण्ड, रसिया, स्कटल्याण्ड, स्लोभाकिया र टर्की रहेका छन् ।
अन्तिम १६ को खेल अन्तर्गत शनिवार राती नेपाली समय अनुसार ९ः४५ बजे वेल्स र डेनमार्क विच खेल हुनेछ । शनिवार राती नै पौने एक बजे हुने अर्को खेलमा इटलीले अष्ट्रिया विरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *