युरो कपमा रसियाको पहिलो जीत

एजेन्सी, २ असार
युरो कप फुटवल अन्र्तगत बुधवार भएको खेलमा रसियाले फिनल्याण्ड माथी एक शुन्य गोल अन्तरको जीत दर्ता गराएको छ । यस अघि समुहगत चरणको पहिलो खेलमा रसिया बेल्जियमसँग तीन शुन्य गोल अन्तरले पराजित भएको थियो । समुह वि मा रसिया, फिनल्याण्ड, डेनमार्क र बेल्जियम रहेका छन् । पहिलो खेलमा फिनल्याण्डले डेनमार्क माथी एक शुन्य गोल अन्तरको जीत दर्ता गराएको थियो ।आजको खेलको समाप्ति पछि अघिल्लो चरणमा प्रवेश गर्ने दुई टिमको तय हुनका लागी तेश्रो खेलको पनि प्रतिक्षा गर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *